Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकर र उद्योगीलाई अर्थमन्त्री खतिवडाको चेतावनी, गभर्नर नेपाल भने मौन

२०७५ फाल्गुन २२ गते

बैंकिङ खबर । पूर्वाधार विकास बैंकको कारोबार शुभारम्भ समारोहमा अर्थमन्त्री डा। यूवराज खतिवडा र गभर्नर डा। चिरंजीवि नेपालसँगै उपस्थित भएका थिए । कार्यक्रममा सम्बोधन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले पुर्वाधार बैंकको बिषय भन्दा पछिल्लो समय नेपालको बैंकिङ क्षेत्र र उद्योगी व्यवसायिबीच रहेको विवाद तथा बैंकिङ क्षेत्रको मर्जरको विषयमा बढी समय खर्चिए ।

अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्र र ब्यवसयीहरु दुबैलाई विवाद गर्नु भन्दा एकआपसमा छलफल गरेर समस्या समाधान गर्न निर्देशन दिँदै यदि यस्तै विवाद गरिरहने हो भने आफुले हस्तक्षेपकारी कदम चाल्ने चेतावनी समेत दिए ।

सोही कार्यक्रमा सहभागि भएका गर्भनर चिरंजीवि नेपालले भने आफ्नो मन्तव्य दिने क्रममा पुर्वाधार बैंकलाई जुन उदेश्यले स्थापना भएको हो त्यही अनुरुप कार्य गर्न सुझाव दिए । उनले नेपालमा लामो समयको प्रतिक्षा पछाडि पूर्वाधार बैंक स्थापना भएकोमा खुशी व्यक्त गर्दै बैंकको स्थापनामा वाफियाको संशोधन २०७३ ले महत्वपुर्ण भुमिका खेलेको बताए । नेपालमा पूर्वाधार विकासको महत्वपुर्ण समयमा पूर्वाधार बैंकले पूर्वाधार विकासमा सघाउने भिन्न उद्देश्य लिएर स्थापना भएकोले बैंकले पूर्वाधारको विकासमा महत्वपुर्ण भुमिका खेल्नेमा विश्वस्त रहेको बताए ।

बैंकको स्थापना नै कुनै निश्चित उदेश्य लिएर भएकोले बैंकको लगानीको क्षेत्र, परियोजनाहरु पनि फरक हुनुपर्ने र परियोजनाहरु निमार्णको लागि त्यही अनुसारको स्रोत जुटाउनुपर्ने उनले बताए । अहिले स्वदेशी लगानीमा नै बैंकको स्थापना भएको भन्दै बैंकले विदेशी लगानी पनि ल्याउनुपर्ने र त्यसको लागि राष्ट्र बैंकले वातावरण तयार बनाएको उनको भनाई थियो । 

साथै आर्थिक वृद्धिदर निरन्तर रुपमा उच्च भइरहेको समयमा बैंकको स्थापना भएकोले मुलुकको वित्तीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए । बैंकलाई स्थापनाको समयमा केही भन्नु भन्दा पनि राष्ट्र बैंकले क्रियाकलापको आधारमा निर्देशन गर्ने र नियमन तथा अनुगमनको कामलाई जारी राख्ने नेपालले बताए ।

Ad