Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जीडीपीलाई वित्तीय क्षत्रेले उछिनेको छ : कार्यकारी निर्देशक थापा

२०७५ फाल्गुन २१ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले राष्ट्रिय अर्थतन्त्रको आकार (जीडीपी) लाई वित्तीय क्षत्रको आकारले उछिनेको बताएका छन् । रेडियो भ्वाईस अफ नेपालको सुभारम्भ कार्यत्रममा कार्यकारी निर्देशक थापाले वित्तीय क्षत्रको आकार ठूलो हुँनुमा विप्रेशण आप्रवाह (रेमिट्यान्स) ले महत्वपूर्ण भूमिका खेलेको बताए । निर्देशक थापाका अनुसार मुलुकले बार्षिक रुपमा ७५५ अर्ब रेमिट्यान्स प्राप्त गर्ने गरेको छ, जुन राष्ट्रिय अर्थतन्त्रको आकार अर्थात जिडिपिको २५ प्रतिशत हुँन आउँछ । नेपालमा ५४ लाख रहेकोमा त्यसको ५६ प्रतिशतले विप्रेशण आप्रवाहमा सहभागिता जनाएको बताए । विप्रेशण आप्रवाहमा भएको निरन्तरको वृद्धिले कृषि उत्पादन क्षेत्रको आकारलाई पनि उछिनेको उनको भनाई छ ।

मंगलबार काठमाण्डौंमा आयोजीत कार्यक्रममा कार्यकारी निर्देशक थापाले नेपालको समृद्धिको लागि वित्तीय परिचालनले महत्वपूण भूमिका खेल्ने बताए । मुलुको समृद्धिको आधारहरुमा वित्तीय परिचालन पहिलो र दिगो आर्थिक विकास, संस्थागत सुधार, भ्रष्ट्रचार नियन्त्रण लगायतका अन्य क्रमशः रहने उनको भनाई छ । थापाले आर्थिक बहसलाई प्रथामिकतामा राखेर स्थापना भएको रेडियोले मुलुकलाई समृद्धिको बाटो तर्फ लैजान समेत महत्वपूर्ण भूमिक खेल्नुपर्ने बताउदै सफलताको शुभकामना व्यक्त गरे ।

Ad