Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्याजदरलाई नियन्त्रमा राख्न खोज्दा हस्तक्षेपको आरोप लाग्यो : डा. खतिवडा

२०७५ फाल्गुन २१ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीले व्यवसाय चलाउन सक्ने र बैंकले निश्चित मात्र मुनाफा गर्न सक्ने गरी व्याजदर निर्धारण हुनुपर्नेे बताएका छन् । मंगलबार अर्थत्रमन्त्रालयमा बजेटको अर्धवार्षिक समिक्षको क्रममा  खुला बजारमा अथतन्त्रमा मूल्यवृद्धि, बैंक तथा वित्तीय संस्थाको व्याजदर र विदेशी विनिमय दर लगायतका सुचकहरुलाई सरकारले नियन्त्रण गर्छु र मुल्य र्निधारण गर्छु भनेर नसकिने बताए । उनले अर्थतन्त्रका सुचकहरु एक आपसमा नियन्त्रण गर्न खोजे पनि अन्य क्षेत्रले नियन्त्रण भन्दा बाहि जाने हुनाले यस्ता सुचकहरु माग र आपुर्तिको आधारमा र्निधारण हुने बताए ।

 ब्याजदरको विषयमा डा. खतिवडा भने बैंकहरु पनि सामान्य मुनाफा कमाउर्ने र व्यवसायीको पनि व्यवसाय चल्ले खालको मध्यमर्र्गी बाटो नै आहिलेको निकास भएको बताए । बैंकहरुको व्याजदर बढी भयो भनेर नियन्त्रणको प्रयास गर्दा हस्तक्षेप गर्यो भनेर आरोप लागेको भन्दै उनले भने बैंकहरुको व्याजदर अत्यन्तै न्यून हुँदा कसैले पनि चिन्ता गरेनन् चिन्ता गर्ने म मात्र थिए । उनले भने मुद्रास्फिति ५ प्रतिशत हुँदा ब्याजदर २ प्रतिशत हुने हो भने निक्षेपकर्ताले एक सय रुपैयाँ एक बर्ष बैंकमा राख्दा १०२ रुपैयाँ हुन्छ । जस्ले गर्दा उसको क्रयशक्ति घटेर माइनसमा पुग्न सक्छ । त्यसैले बैैंकहरुले निक्षेपमा मुद्रास्फिति भन्दा बढी ब्याज दिनु पर्दछ । जसले निक्षेपकर्ताको क्रयशक्तिमा बृद्धि होस् । आगामी बर्ष बैंकहरुको स्प्रेड दरलाई अझै घटाएर ४ प्रतिशतमा सिमित गर्ने तयारी भइरहेको उनले बताए ।
डा. खतिवडाले बैंकहरुलाई लक्षित गर्दै तपाईहरु खतरामा हुनुहुन्छ सचेत रहनुस भन्न पनि नमिल्ने भन्दै आफुले असहज अवस्थामा रहेकोलाई सहज अवस्थामा ल्याउने कोसिस गरेको बताए । उनले सबैले आफ्नो ब्यवसायीक मर्यादामा आगाडी बढ्नुपर्ने बताए । अर्थतन्त्रमा कुनै एउटा क्षेत्रले आफ्नो ब्यवसायिक मर्यादा भुल्दा सबैलाई असहज हुने उल्लेख गरे ।

पछिल्लो समयमा बाहिर भनेजस्तो अर्थतन्त्र खस्कदो अवस्थामा रहेको नभई उत्साहजनक भएको बताए। उनले भने मुलुकमा आर्थिक क्रियाकलापहरु बढेकोले नै कर्जाको माग पनि उच्च रहेको बताए । आर्थिक बृद्धि पनि ७ प्रतिशतको हाराहरीमा हुने भन्दै राम्रो हुनको लागि त कतै न कतै कम्प्रमाइज गर्नु पर्ने बताए ।

Ad