बैंकिङ खबर । कालिका लघुवित्त वित्तीय संस्थाको अर्ध वार्षिक समिक्षा गोष्ठी, कार्य सञ्चालन तथा बिमा सम्बन्धि तालिम सम्पन्न भएको छ । उक्त ३ दिने तालिम चितवनको सौराहामा सम्पन्न भएको हो । सो तालिममा ७० वटा शाखा कार्यलयका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कृष्ण खाँडले कालिका कर्मचारीमैत्री हुने बताउदै संस्थाको लक्ष्य हासिल गर्न रचनात्मक तरिकाले कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन तथा सुझाव दिएका थिए ।
कार्यक्रममा कालिका लघुवित्त वित्तीय संस्थाका विभागिय प्रमुखहरुले सहजिकरण गरेका थिए । यसै कार्यक्रममा संस्थापक समुहको तर्फबाट निर्वाचित भएका सञ्चालकहरु नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ र कृष्णकाजी के.सी.ले अध्यक्ष कृष्ण खाँड समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले नियुक्त भएका छन् ।
संस्थाले आर्थिक वर्षको अन्तिम सम्ममा ५५ हजार सदस्यहरुबाट ८२ करोड निक्षेप संकलन सहित २२१ करोड लगानी पुर्याउने लक्ष्य रहेको छ । प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले कर्मचारीहरुलाई सदस्यमैत्री बनेर सेवाभावलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।