Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिसिडी रेसियोमा बैंकहरुको ध्यान गएन, ब्याजदर नघट्ने संकेत

२०७५ फाल्गुन २० गते

बैंकिङ खबर । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–पूँजी–निक्षेप-अनुपात (सिसिडी रेसियो) निरन्तर रुपमा नाघेको तथ्याङ्क सार्वजनिक भईरहेका छन् । बैंकहरुले निरन्तर रुपमा सिसिडी रेसियोको सिमा नघाएपनि नेपाल राष्ट्र बैंकले भने कुनै एक्सन लिएको छैन् । सिसिडी रेसियोले खासै समस्या नपर्ने पनि कतिपयको तर्क छ । केन्द्रिय बैंकले नीतिगत व्यवस्था गर्ने तर कार्यान्वयनको पक्ष फितलो बन्दा बैंकहरुले तरलतामा सिमा मिचिरहेका छन् । 

बैंकर्सहरुले सिसिडी रेपिसयोमा केही समयका लागि लचकता अपनाउन पनि राष्ट्र बैंकलाई आग्रह गरेका थिए । बजारमा व्यवसायीहरुको आन्दोलनका कारण ब्याजदरमा केही कसिलो नीति लिएको केन्द्रिय बैंकले फेरि पनि सिसिडी रेसियोमा ध्यान दिएको देखिदैन् । पूँजी वृद्धिपछि आरओए सन्तुलित बनाउन बैंकर्सहरुले आक्रामक लगानी गरेको देखिन्छ । जसले गर्दा सिसिडीमा पटक पटक सिमा मिचिएको देखिन्छ । 

राजनीतिक स्थिरतापछि बजारमा कर्जाको माग उच्च भएकाले पनि बैंकमा तरलता अभाव भइराखेको बैंकर्सहरुको तर्क छ । तर व्यवस्थापकिय कमाजोरी हुँदा बैंकहरुले सिसिडी व्यवस्थापनमा ध्यान पु¥याउन सेका छैनन् । पछिल्लो समय फेरि बैंकहरुको सिसिडी ८० प्रतिशत भन्दा माथि पुगेको देखिन्छ । वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुसँग लगानीयोग्य रकमको अभाव भने न्यून देखिएको छ । वित्त कम्पनीहरुमा पनि पछिल्लो समय सिसिडी समस्या देखिएको छ । 
 

Ad