Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाईफ इन्स्योरेन्स र ह्याम्स अस्पताल बीच स्वास्थ्य सेवा सम्झौता 

२०७५ फाल्गुन १९ गते

बैंकिङ खबर। ज्योति लाईफ इन्स्योरेन्स र ह्याम्स अस्पताल बीच स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा लाईफ इन्स्योरेन्सका तर्फबाट उप–प्रमूख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र अस्पतालको तर्फबाट अध्यक्ष  आर.एस. भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नि विभाग प्रमुख डा. भाष्कर राज पन्त लगायत अस्पताल र इन्स्योरेन्सका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

आफ्नो ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसँग उक्त सम्झौता गरेको इन्स्योरेन्सले बताएको छ । सम्झौता सँगै ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारि गरिने र उक्त कार्डबाहक तथा निजको परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौता सँगै ज्योति लाईफमा आबद्ध सम्पूर्ण गा्रहकहरु लाभान्वित हुनेमा विश्वस्त रहेको भन्दै आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको इन्स्योरेन्सले जनाएइको छ । 

ज्योति लाइफ इन्स्योरेन्सले व्यवसाय शुभारम्भ देखिनै बीमितहरुको स्वास्थ्य उपचारमा विशेष सेवा पुर्याउने योजना स्वरुप “घातक रोग उपचार” सेवा सहितको बीमा योजना सार्वजनिक गर्ने पहिलो नेपाली कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको छ ।