
बैंकिङ खबर । बीमा इन्स्टिच्यूट स्थापना भएयता ३ सय २८ जना कर्मचारीले तालिम पाएका छन् । १७ जना कर्मचारीलाई तालिम प्रदान गर्दै सुरु भएको इस्टिच्यूटले अहिले सम्म १४ पटक तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
इन्स्टिच्यूटले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरु तथा एजेन्टहरुलाई लक्षित गरेर तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ । तालिममा जीवन बीमा, निर्जीवन बीमा तथा पूनर्बीमाका विषयमा जानकारी दिदै आएको छ ।


