Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न पाउने

२०७५ फाल्गुन १५ गते

बैंकिङ खबर । सरकारले विदेशी लगानीकर्ताले पनि नेपाली धितोपत्र बजारमा लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९’ मा संसोधन गरी नेपाली धितोपत्रमा विदेशी लगानी ल्याउने वातावरण खुल्ला गर्न लागेको हो । 

कुनैपनि विदेशी लगानीकर्ताले स्वपूँजी लगानी गर्नेभर्ए धितोपत्र वोर्डको स्विकृति लिई ‘पूँजी लगानी कोष’ बनाउनुपर्ने हुन्छ । तर संस्थागत लगानीकर्ताको हकमा भने धितोपत्र कारोबारका लागि धितोपत्र बोर्डमा सचिकृत भएको हुनुपर्ने छ । 

नेपालमा स्थापित उद्योग वा नागरिकसँग मिलेर उद्योग स्थापना गरि लगानी भित्र्याउन सक्दछन् । यस्तो लगानी लघु उद्यम, घरेलु उद्योग, घरजग्गा कारोबार र नेटवर्क व्यवसाय बाहेकका हवाईजहाज, पानीजहाज, मेशिन, औजारलगायतका क्षेत्रमा मात्र ल्याउन पाउने व्यवस्था विधेयकमा गरिएको छ । 

सरकारले विदेशी लगानी स्विकृत गर्ने अधिकार भने उद्योग विभाग र लगानी वोर्डलाई दिएको छ । त्यसका लागि लगानी उद्योग विभागबाट ५ अर्ब सम्मको र सो भन्दा माथि लगानी वोर्डले स्विकृत गर्ने व्यवस्था गर्न लगेको छ । 
 

Ad