Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र वोर्डले भन्यो आन्दोलन गर्ने चेतावनी दिएर बजारलाई प्रभावित नगरौं  

२०७५ फाल्गुन १५ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बार्डले शेयर दलाल कम्पनीहरुले गर्ने भनेको आन्दोलनको विषयमा गम्भिर ध्यानकषर्ण भएको जनाएको छ । वोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले फागुन ७ गते बसेको अर्थसमितिको बैठकमा पूँजी बजारमा धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने बताएका थिए । सोही विषयलाई लिएर धितोपत्र दालाल व्यवसायीहरुले आन्दोलन गर्ने बताएका छन् । 

वोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गरि वोर्डका अध्यक्षले अर्थ समितिमा राखेका विषयहरुमाथि भएको टिकाटिप्पणी र आन्दोलन गर्ने भन्ने विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । वोर्डले अध्यक्षले दिएको अभिव्यक्तिलाई अन्यथा रुपमा लिइएको र उक्त विषयमा व्यवसायीहरुसँग वोर्डमा छलफल समेत गरीसकेको तथा नेपाल सरकारद्घारा गठित मुद्रा तथा पूँजी बजार सम्वन्धी कार्यदलको सुझाव अनुसार वोर्डले बजारको सुधार गर्ने क्रममा रहेको अवस्थामा धितोपत्र दलाल व्यवसायीहरुले आन्दोलन गर्ने कुरा आएको प्रति ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

देशमा आएको राजनीतिक परिवर्तनसँगै आर्थिक विकासको लागि साधन परिचालनमा धितोपत्र बजारको महत्वपुर्ण भूमिका रहेकोले धितोपत्र दलाल व्यवसायी सहित बजारमा सहभागिहरुको सहयोगमा पूँजीवजारको सुधार र बिकास भइरहकोे बार्डले जनाएको छ । वोर्डले थप स्वायत्तता बन्दै कामलाई प्रभावकारी बनाउनु पर्ने बेलामा सबै मिलेर काम गर्नुपर्ने वोर्डको भनाई छ । 

धितोपत्र दलाल व्यवसायी सेवालाई मूल्य अभिवृद्धि करमा आवद्घ गर्ने विषयमा देखिएको समस्या समाधान भएको र मार्जिन कारोवार सुविधा उपलब्ध गराउने कार्र्य कार्यान्वयनमा ल्याउन नेप्से र धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिई कार्यान्वयनको प्रकृयामा रहेकाले बजार सुधार हुने विश्वास समेत वोर्डको छ । 

धितोपत्र दलाल व्यवसायीहरुले काठमाण्डौ उपत्यका वाहिरका ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको र अन्य आठ ठाँउमा शाखा पूर्व स्वीकृति दिइएको जनाउँदै अब नियामक निकायहरुको संस्थागत तथा प्राविधिक क्षमता, धितोपत्र दलाल व्यवसायीको क्षमता तथा आर्थिक सक्रियताको हिसावले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा अगाडि वढाउन काम गर्नुपर्ने बेला आएको उल्लेख गरेको छ । 

वोर्डले वजारको विकास र विस्तार तथा देखिएका समस्याहरुको समाधानको लागि सम्वद्धपक्षहरुसँग छलफल तथा अन्र्तक्रिया गरी कार्य अगाडि वढाउने वोर्डको अभ्यास रही रहेको सन्र्दभमा व्यवसायिक समस्याहरु रहे वोर्ड छलफलवाट त्यसलाई निराकरण गर्न सर्धै तत्पर रहेको जनाउँदै लगानीकर्ताहरुलाई असुविधा हुने काम नगर्न सबै पक्षलाई आग्रह गरेको छ । 

Ad