Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शेयर कारोबारमा स्थायी लेखानम्बर (प्यान) ऐच्छिक रुपमा लागु गर्न लगानीकर्ताको माग

२०७५ फाल्गुन १३ गते

बैंकिङ खबर। नेपाल धितोपत्र वोर्डले शेयर कारोबारमा स्थायी लेखा नम्बर लागु गर्ने विषयमा  आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन लगायतका संघसंस्थाहरुसँग छलफल गरेको छ । 

नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट मार्फत प्यान कार्यान्वयन गर्ने सम्बन्धमा धितोपत्रको दोस्रो बजार मार्फत शेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ । छलफलमा कर अधिकृत टंकनाथ पौडेलले प्यान सम्बन्धी कानस्नी व्यवस्था र प्यान लिने प्रकृया तथा आवश्यक कागजातका विषयमा जानकारी गराएका थिए । 

नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपालपूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूह गरी लगानीकर्ताका पाँच(५) वटा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

छलफलमा लगानीकर्ताले आफुहरु प्यानको विरोधी नरहेको बताएका थिए । तर यसमा केही समय दिनु पर्ने विचार लगानीकर्ताले दिएका थिए । उनीहरुले पूँजीगत लाभ कर अन्तिम कर हो कि होइन, अघिल्लो वर्षको वार्षिक कारोबारमा भएको घाटालाई नाफामा समायोजन गरी कर निर्धारण हुने, हाल शेयर खरिदकर्तालाई मात्रै प्यान अनिवार्य गरिएकोमा शेयर बिक्री कर्तालाई सो व्यवस्था नभएको सम्बन्धमा, नाबालक तथा विदेशमा रहने नेपाली लगानीकर्ताले प्यान लिने सम्बन्धमा, प्यान स्वत स्फूर्त रुपमा लिने वातावरण र प्यान लिनकालागि देशभर सहज रुपमा आवश्यक पूर्वाधार नरहेको जस्ता जिज्ञासा लगानीकर्ताले राखेका थिए । 

लगानीक्र्ताले प्यान लागु गर्दा लगानीकर्ताको स्तर, देशको भौगोलिक अवस्था र व्यवहारिक पक्षहरुलाई समेत मध्यनजर गरी लागु गर्न सुझाव दिएका थिए । उनीहरुले २०७६ वैशाख १ देखि अनिवार्य रुपमा लागू नगरी ऐच्छिक रुपमा लिने व्यवस्था गरी चरणबद्ध रुपमा लागू गर्नुपर्ने माग गरेका थिए ।  
 

Ad