बैंकिङ खबर । निर्धन उत्थानलघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना ४६ जना ग्राहक सदस्यहरुको सहभागितामा कंचनपूर जिल्लाको कृष्णपूर नगरपालीका वडा न ६ मा“ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम”सम्पन्न गरेको छ । तालिम प्रशिक्षकहरुमा बूद्धि प्रकाश घिमिरे लेखा पाल अजय र सायली कर्मचारी लक्ष्मी कूमारी कार्की रहेका थिए ।
तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरताको एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा जनाकारी हासिल गरेका थिए ।
हाल सम्म संस्थाले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा दिदै आएको छ । संस्थाले ग्रामीण क्षेत्रमाबसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सीपमूलकतालिम, उद्यमशीलताविकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।