Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्याजदर विवाद : राज्य र बैंकर दुई कित्तामा विभाजीत 

२०७५ फाल्गुन ९ गते

बैंकिङ खबर । पछिल्लो समय नेपालको अर्थतन्त्रमा बैंकको ब्याजदरको विषयले उग्ररुप लिएको छ । नेपाल राष्ट्र बैंकको नीति परिर्वतन विपरीत बैंकर्स संघ अघि सरेपछि ब्याजदरको विषय विवादमा तानीएको छ । ब्याजदर घटाउने विषयमा बैंकहरुले बेवास्ता गरेपछि समस्या बल्झीन थालेको हो । उद्योगि तथा ब्यवसायीहरुविचमा पनि ब्याजदरको विषयमा एकरुपता भने देखिदैन । नेपाल उद्योग वाणिज्य महासँघको निवार्च नजिकिएसँगै ब्याजदरको विषयलाई विवादमा ल्याईएको हो । विहिबार मात्रै बैंर्कस संघले आफ्नो निर्णयलाई बलियो बनाउनको लागि बैंकका संचालकहरुसँग बैंकर्स संघको निर्णयमा समर्थनमा लिएका छन् ।  विहिबार बैंकर्स संघको अघुवाईमा बसेको बैंकर र बैंक संचालकहरुको छलफलले ब्याजदरको विषयलई लिएर आवाश्यक परे प्रधानमन्त्री सम्म पुग्ने निर्णय गरेको छ ।

गत शनिबार नेपाल उद्योग वाणिज्य महासँघको नेतृत्वमा ब्यावसायीहरुले ब्याजदरको विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए । उक्त छलफल सँगै ब्याजदर घटाउने विषयलाई लिएर  ब्यवसायीको माग सम्बोधन गर्नु भन्दै प्रधानमन्त्रीले अर्थमन्त्री खतीवडालाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन सँगै अर्थमन्त्री खतिवडाले गत सोमबार बैंकर्स, ब्यवसायी र गर्भनर सँग छलफल गरेका थिए । उक्त छलफलले ब्याजदरको समस्या समाधान गर्ने जीम्मा राष्ट्र बैंकलाई लगाइदियो । यसरी प्रधानमन्त्रीको निर्देशन अर्थमन्त्री हुँदै राष्ट्र बैंकका गभर्नर सम्म पुगेका थियो । प्रधानमन्त्रीको निर्देशनमा राष्ट्र बैंकले गरेको नितिगत परिवर्तनमा आपत्ती जनाएको बैंकर्स संघले उक्त निर्णय कार्यन्वयन गर्न नहुने माग लिएर आवाश्यक परेको खण्डमा प्रधानमन्त्री सम्म जाने बताएको छ । अबको प्रश्न भनेको के बैंकरहरु प्रधानमन्त्रीकोमा गए पनि प्रधानमन्त्रीको आफ्नै निर्देशनमा भएको नितिगत परीवर्तनमा पुर्नविचार गर्लान् ?  प्रधानमन्त्रीले ब्यावासायी वा बैंकर  कसको मागको सुनुवाई गर्लान् । के ब्यावसायीलाई बैंकको ब्याजदर घटाउँछु भनेर दिएको आश्वसन बाट पछि हट्लान् । अथाव बैंकिङ क्षेत्र धरासायी भए हुन्छ भनेर आफ्नो निर्णयमा अडिग रहलान् ।  ब्याजदर समस्या उग्ररुपमा रहेको अवस्थामा यसको मध्यमार्गी समाधानको बाटो खोज्न जरुरी रहेको देखीन्छ ।

यता आफ्नो निर्णयमा समर्थनको लागि विहिबार बैंकर्स संघले भने बैंकका संचालक तथा अध्यक्षहरुसँग छलफल गरेको छ । बैंकका संचालकहरुले पनि बैंकर्स संघले गरेको निर्णयमा समर्थन रहेका भन्दै उक्त निर्णयबाट  पछि नहट्न दबाब दिएका छन् । यसरी बैंकहरुले राष्ट्र बैंकका निर्णयमा आपत्ती जनाएको यो पहिलो पटक भने होईन । तर यसरी अर्थतन्त्रलाई नै तरंगीत बनाएको भने पहिलो पटक हो । यसअघि डा. यूवराज खतिवडा गर्भनर भएको बेलामा पनि बैंकर्स संघले राष्ट्र बैंकको नितिगत ब्यवस्थामा गरेका परिवर्तमा आपत्ती जनाएको थियो ।

Ad