Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मैद्रिक नीतिको समिक्षाले दिर्घकालीन समाधान नगर्ने भन्दै व्यवसायीहरु असन्तुष्ट

२०७५ फाल्गुन ८ गते

बैंकिङ खबर। बैंकले दिने कर्जाको ब्याजदर महँगो भएको भन्दै आन्दोलन गरिरहेको मोरङका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाबाट ‘ललिपप’ देखाएको आरोप लगाएका छन् । उनीहरुले अर्थमन्त्रीको आग्रह अनुसार १५ दिन सम्म पर्खने त्यस बेला सम्मपनि माग सम्बोधन नभए उद्योगवाणिज्य महासंघको नेतृत्वमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

मोरङमा उद्योग सङ्गठन मोरङ र मोरङ व्यपार सङ्घले आन्दोलन गरिरहेका छन् । उनीहरुले सोमबार अर्थमन्त्रालयमा भएको छलफलमा उद्योगा वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले धोका दिएको बताएका छन् । पत्रकार सम्मेलन गरी उद्योगी व्यवसायीहरुले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट आफुहरु सन्तुष्ट नभएको बताउँदै समिक्षाले दिर्घकालिन समाधान नदिने बताएका हुन् ।

उद्योग सङ्गठन भिम घिमिरेले अर्थमन्त्रालयमा सोमबार भएको बैठकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले जिम्मेवार पदमा बसेर आफुहरुको भावना बुभ्mन नसकेको बताउँदै अध्यक्ष भवानी राणासँग कुरा राख्ने बताएका छन् ।
ऋण नपाउँदै बैंकहरुले ब्याजद लिने गरेको बताउँदै व्यवसायीहरुले बैंकहरु कानुनी रुपमै साहुमहाजन बनेको आरोप लगाएका छन् ।

Ad