Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

देशको वर्तमान आर्थिक स्थिति, चालु खाता घाटा र शोधनान्तर स्थिति दुवै घाटामा

२०७५ फाल्गुन १ गते

बैंकिङ खबर। चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको ६ महिनामा भन्दा चालु खाता घाटा बढेर १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९७ अर्ब ७८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनामा ९५ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । 
पुष मसान्त सम्ममा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनासम्ममा ६ करोड ५६ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५५ करोड ९५ लाखले घाटामा रहेको छ । 
पुष मासान्त सम्ममा पूँजीगत ट्रान्सफर ६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । 

Ad