बैंकिङ खबर। हालसम्म ४५ वटा लघुवित्तहरुले पुष मसान्त सम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । उक्त अवधिमा ४५ वटा लघुवित्त मध्ये ८ वटा लघुवित्तले १० करोड भन्दा माथि मुनाफा आर्जन गरेका छन् । ८ वटा लघुवित्तले उक्त अवधिमा १ अर्ब ७३ करोड १९ लाख ८८ हजार रुपैयाँ नाफा गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा ८ वटा लघुवित्तले १ अर्ब २८ करोड ७९ लाख १३ हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।
उक्त अवधिमा सबैभन्दा धेरै मुनाफा छिमेक लघुवित्तले कमाएको छ । छिमेक लघुवित्तले गत बर्षको सोही अवधिको भन्दा ८१ दशमलव ६९ प्रतिशतले मुनाफा बढाएको छ । गत आर्थिक बर्षको पुष मसान्तमा २१ करोड ५९ लाख ४३ हजार रुपैयाँ मुनाफा कमाएको लघुवित्तले चालु आर्थिक बर्षको सोही अवधिमा बढाएर ३९ करोड २३ लाख ५५ हजार रुपैयाँ कमाएको छ । त्यस्तै गत बर्षको भन्दा २३ दशमलव ६७ प्रतिशतले मुनाफा बढाएको निर्धन उत्थान लघुवित्तले उक्त अवधिमा ३३ करोड ३२ लाख २७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । साना किसान विकास लघुवित्तले उक्त अवधिमा ३९ दशमलव ३७ प्रतिशतले नाफा बढाउँदै २३ करोड ९१ लाख १० हजार रुपैया कमाएको छ । डिप्रोक्स लघुवित्तको नाफा ६० दशमलव २३ प्रतिशतले बढ्दा १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ कमाएको छ । स्वावलम्बन लघुवित्तको नाफा ५ दशमलव ४३ प्रतिशतले वृद्धि हुँदा १७ करोड १९ लाख ४४ हजार रुपैयाँ कमाएको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाफा ६ दशमलव ६५ प्रतिशतले बढ्दा १५ करोड ५१ लाख ३० हजार रुपैयाँ कमाएको छ । आरएमडिसी लघुवित्तको नाफा ३० दशमलव ८८ प्रतिशतले बढ्दा १४ करोड ६८ लाख २८ हजार रुपैयाँ कमाएको छ । त्यस्तै आठौ स्थानमा रहेको ग्रामीण विकास लघुवित्तको नाफा १५ दशमलव ८ प्रतिशतले बढ्दा ११ करोड ३४ लाख ३३ हजार रुपैयाँ कमाएको छ ।