बैंकिङ खबर। चालु आर्थिक बर्षको दोसो त्रैमासको वित्तीय विवरण सार्वजनीक गर्ने क्रम चलिरहेको छ । सञ्चालनमा रहेका ११ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु मध्ये ९ वटा विकास बैंकहरुले चालु आर्थिक बर्षको दास्रो त्रैमास सम्मको वित्तीय विवरण प्रकाशित गरीसकेका छन् । ९ वटा विकास बैंकले उक्त अवधिमा २ खर्ब १५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९१ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । सबैभन्दा बढी नाफा कमाएकोे मुक्तिनाथ विकास बैंकले नै सबैभन्दा बढि निक्षेप संकलन गरी कर्जा लगानी गरेको छ । त्यस्तै मुनाफा आर्जनमा सबैभन्दा पुछारमा रहेको देवः विकास बैंक निक्षेप संकलन र कर्जा लगानीमा पनि पुछारमा नै रहेको छ ।
कुन बैंकको निक्षेप कति?
पुष मसान्त सम्ममा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ३८ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गरिमा विकास बैंकले २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी दास्रो स्थानमा रहेको छ । कैलाश विकास बैंकले २६ अर्ब ७२ करोड रुपैयाँ, ओम डेभलपमेन्ट बैंकले २३ अर्ब ६८ करोड रुपैयाँ, ज्योति विकास बैंकले २३ अर्ब ५८ करोड रुपैयाँ, लुम्बीनी विकास बैंकले २३ अर्ब ४४ करोड रुपैयाँ , सांग्रीला डेभलपमेन्ट बैंकले १८ अर्ब ३९ करोड रुपैयाँ, कामना सेवा विकास बैंकले १७ अर्ब २७ करोड रुपैयाँ र देवः विकास बैंकले १७ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
कुन बैंकको कर्जा लगानी कति ?
मुनाफा आर्जन तथा निक्षेप संकलनमा पहिलो स्थानमा रहेको मुक्तिनाथ विकास बैंक कर्जा लगानीमा पनि पहिलो स्थानमा रहेको छ । बैंकले पुष मसान्त सम्ममा ३२ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको कैलाश विकास बैंकले २३ अर्ब ५४ करोड रुपैयाँ, तेस्रो स्थानमा रहेका गरिमा विकास बैंकले २३ अर्ब ५२ करोड रुपैयाँ, लुम्बीनी विकास बैंकले २१ अर्ब ७२ करोड रुपैयाँ, ओम डेभलपमेन्ट बैंकले २१ अर्ब ३४ करोड रुपैयाँ, ज्योति विकास बैंकले २० अर्ब ३३ करोड रुपैयाँ, सांग्रीला डेभलपमेन्ट बैंकले १६ अर्ब ७३ करोड रुपैयाँ, कामना सेवा विका बैंकले, १५ अर्ब ७४ करोड रुपैयाँ र देवः विकास बैंकले १५ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।