Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्याजदरको विरोधमा मोरङमा हुदै आएको अन्दोलन फिर्ता

२०७५ माघ २० गते


बैंकिङ खबर। प्रदेश सरकारले उद्योगीहरुका मागका बारेमा नेपाल सरकार, नेपाल राष्ट्र बैंकमा पहल गर्ने, ताकेता र जानकारी गराउने सहमति जनाएपछि उद्योगी व्यवसायीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाएका छन् । गत शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयलमा भएको वार्तापछि मोरङ व्यपार संघ र उद्योग संगठनले तीन बुँदे सहमति गर्दै तत्कालका लागि आन्दोलन स्थगित गरिएको जानकारी दिएको हो । 

यसअघि उद्योगीहरुले उद्योग क्षेत्रमा दिइएको बैंक ऋणको ब्याज ७ प्रतिशत र व्यवसायीक क्षेत्रमा ९ प्रतिशतमा नझारेसम्म आन्दोलन फिर्ता नलिने अडान राखेका थिए ।  
 

Ad