Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सोह्र बैंकको विवरण : आठ बैंकको निक्षेप र पाँच बैंकको कर्जा एक खर्ब माथि 

२०७५ माघ १८ गते

बैंकिङ खबर। १६ वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकहरुले उक्त अवधिमा १६ खर्ब ७१ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब भन्दा बढी कर्जा लगानी गरेका छन् ।

निक्षेप संकलनमा सबैभन्दा अगाडी एनआईसी एशिया
पुष मसान्त सम्मको विवरण सार्वजनिक गरेका बैंकहरु मध्ये निक्षेप संकलन तथा कर्जा लगानीमा एनआईसी एशिया सबैभन्दा आगडी देखिएको छ । पुराना र ठुला बैंकहरु नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई समेत पछाडी पार्दै आक्रमक रुपमा बजार विस्तार गरीरहेको एनआइसी एसियाले १ खर्ब ७५ अर्ब  ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

खर्ब माथि निक्षेप भएका बैंकहरु 
दास्रो स्थानमा रहेको नविल बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ  निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । एभरेष्ट बैंककोे १ खर्ब २४ अर्ब निक्षेप र १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी छ । ग्लोबल आइएमई बैंकले पनि १ खर्ब  १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सिद्धार्थ बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप गरी ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । हिमालयन बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । प्रभु बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 

एक खर्ब भन्दा कम भएका बैंकहरु 
पुष मसान्त सम्ममा नेपाल एसविआइ बैंकले ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । एनएमबि बैंकले ८८ अर्ब रुपैयाँ निक्षेप गरी ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सानिमा बैंकले ८५ अर्ब रुपैयाँ निक्षेप गरी  ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । माछापुच्छ्रे बैंकले ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब कर्जा लगानी गरेको छ । सनराइज बैंकले ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । लक्ष्मी बैंकले ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब कर्जा लगानी गरेको छ । कुमारी बैंकले ७५ अर्ब रुपैयाँ निक्षेप गरी ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको  छ । त्यस्तै सिटिजन्स बैंकले ६५ अर्ब रुपैयाँ निक्षेप गरी ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
 

Ad