Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

काठमाडौं–तराई फास्ट ट्रयाक चार किलोमिटर छोट्याइने

२०७५ माघ १६ गते

बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२.४ किलोमिटर कायम गर्ने जनाएको हो ।

‘हाल ७६.४ किलोमिटर रहेको फास्ट ट्रयाकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले भने, ‘घुमाउरो बाटोमा सुरुङको लम्बाइ बढाएर समग्रमा आयोजनाको लम्बाइ घटाउन लागिएको हो । डिपिआर तयारीको जिम्मा पाएको कम्पनीसँगको समन्वयमा लम्बाइ घटाउन लागेका हौँ ।’

डिपिआर तयारीको जिम्मा पाएको दक्षिण कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ एन्ड कन्सल्टिङले यही हप्ता ९१९ माघ० डिपिआरको मस्यौदा प्रतिवेदन सेनालाई बुझाउने तयारी छ ।

त्यसलाई नेपाली सेनाले अध्ययन गरी आवश्यक सुझाब दिने आयोजना प्रमुख खाँडले बताए । ‘अध्ययन गरेर सुझाब दिन नै करिब दुई साता (१४ दिन) लाग्नेछ,’ उनले भने । सुझाब समेटेर कोरियन कम्पनीले डिपिआरको अन्तिम रूप दिनेछ । यी सबै प्रक्रिया फागुनभित्रै पूरा गर्ने सेनाको तयारी छ ।

यसअघि सेनाले गत असोजमा कोरियन कम्पनीलाई डिपिआर तयारीको जिम्मेवार दिएको थियो । कम्पनीसँग १०५ (३ महिना १५) दिन दिनभित्र डिपिआर तयार गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले १० करोड २० लाख रुपैयाँमा डिपिआर तयार गरिरहेको छ ।

७ दशमलव ६ किलोमिटर सडक क्षेत्रमा आयोजनालाई अझै आवश्यकताअनुसार जग्गा प्राप्त हुन सकेको छैन । फास्ट ट्र्याकको सुरुवाती बिन्दु खोकनादेखि डुकुछापसम्मको ६ दशमलव ४ किलोमिटर सडक र आयोजना जोड्ने चोभारको आर्क ब्रिजदेखि खोकनासम्मको १ दशमलव २ किलोमिटर सडकका लागि जग्गा प्राप्त नभएको हो ।

यो क्षेत्रमा ९ सय १२ रोपनी ५ आना जग्गा आयोजनालाई आवश्यक छ । त्यसमध्ये ४ सय ४२ रोपनी ५ आना जग्गाको मुआब्जा दिन अझै बाँकी रहेको खोकना क्याम्प प्रमुख भीमसेन थापाले बताए । आयोजनालाई आवश्यकमध्ये ४ सय ७० रोपनी ९५१.५ प्रतिशत जग्गा भने प्राप्त भइसकेको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार।

Ad