Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गण्डकी बिकास बैंक र सिटिजन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७५ माघ ११ गते

बैंकिङ खबर । गण्डकी बिकास बैंक र सिटिजन्स लाईफ इन्स्योरेन्सबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवंम सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् । 

बैंकले आर्थिक बर्ष २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा  १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप  २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पु¥याएको छ । साथै  बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

.