बैंकिङ खबर। माघ ११ र १२ गते बुटवलमा बैंकिङ, बीमा तथा पूँजीबाजर सम्बन्धी प्रदर्शनीको तयारी तिब्र गतिमा भइरहेको अयोजक मिडिया इन्टरनेशलले जनाएको छ । वित्तीय सचेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी, मर्चेन्ट बैंकहरु तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषको सहभागिता रहने छ ।
बैंक, बीमा तथा पूँजीबजार सम्बन्धि एक्सपोले वित्तीय जागरण, बीमा साक्षरता र पूँजीबजार सम्बन्धी जानकारी गराउने भएपछि यस क्षेत्रका संस्थाहरु उत्साहित भएका छन् ।
ज्ञानेन्द्र प्रसाद ढुंगाना, अध्यक्ष, नेपाल बैंकर्स संघ
देशभर वित्तीय साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिदै आएको बैंकिङ, बीमा तथा पूँजीबजार एक्सपोले समग्रमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र पूँजी बजारको हितमा काम गर्दै आएको देखिएको छ । यसले वित्तीय साक्षरताको विकासमा सहयोग पु-याउने विश्वास गरेको छु। यसपटक पनि बुटवलमा बैंकिङ, बीमा तथा पूँजीबजार एक्सपो हुँदैछ । एक्सपोबाट बैंकहरुले सर्वसाधारणलाई एकैठाउँबाट आफ्ना सेवा सुविधाका विषयमा जानकारी गराउन सक्ने छन् । नेपाल राष्ट्र बैंकले संघीयतापछि स्थानीय तहमा जान निर्देशन दिएको छ । सोहि अनुसार बेंकहरु स्थानीय तहमा गएका छन् । उपत्यका बाहिर गरिने एक्सपोले वित्तीय जागरण बढाउन महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले यस्ता कार्यक्रम आवस्यक छ र यसले समग्रमा बेंकहरुको हितमा नै काम गर्छ छ ।
गोविन्द प्रसाद ढकाल, अध्यक्ष, डेभलोपमेन्ट बैंकर्स एसोसिएसन
मिडिया इन्टरनेशनलले विगतमा पनि बैंकिङ÷बीमा तथा पूँजीबजार एक्सपो गर्दै आइरहेको र सर्वसाधारण समक्ष बैंकका गतिविधिहरु पु-याउन सहयोग गरिरहेको छ । यसपटक पनि बुटवलमा एक्सपो आयोजना गरिएकाले त्यस आसपासका ग्रामिण क्षेत्रका नागरिकलाई समेटी वित्तीय सचेतना बढाउन सहयोग पु-याउने विश्वास गरेको छु । एक्सपोले मुलतः बैंक, बीमा र पूँजीबजारलाई सर्वसाधारणसँग सिधै जोडने भएकाले महत्वपूर्ण हुने ठानेको छु । त्यस क्षेत्रका सर्वसाधारणले सबै बैंक, बीमा कम्पनी, पूँजी बजार तथा गैर बैंकिङ क्षेत्रका संस्थाहरुका बारेमा राम्रोसँग थाहा पाउन सक्ने छन् । यसले बैंकिङ क्षेत्रलाई सबैभन्दा बढि फाइदा पु-याउने देखेको छु ।
रामचन्द्र जोशी, अध्यक्ष, नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन
शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रमहरुको आवस्यकता बढि हुन्छ । बैंकले गर्ने विभिन्न गतिविधिका विषयमा आवस्यक जानकारी गराउन सहयोग पु¥याउने भएकाले बैंकिङ, बीमा तथा पूँजीबजार एक्सपो महत्वपुर्ण हुने ठानेको छु । खाता खोलाउने, कर्जा प्रवाह गर्ने काम गर्न वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरता, जागरण र वित्तीय पहुँच कम भएका क्षेत्रमा चुनौतीपूर्ण हुन्छ । त्यसैले पनि एक्सपोमा बैंक, बीमा कम्पनी, शेयर बजार लगायत सबैको जानकारी एकैठाउँमा लिन सक्ने भएकाले सर्वसाधारणले पनि विशेष महत्व दिएका हुन्छन् । एक्सपोमा सहभागिता जनाएका संस्थाहरुले आफुले प्रदान गर्ने कर्जा, लिने निक्षेप लगायतका सेवाका विषयमा राम्रोसँग सर्वसाधारणलाई जानकारी दिनु पर्छ । त्यसैले यो एक्सपोबाट वित्तीय क्षेत्रका सबै पक्षहरुले राम्रो फाइदा लिन सक्ने छन् ।