Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एशियन लाईफको नयाँ बीमा योजना, क्यान्सर सहित १८ प्रकारको घातक रोगको सुरक्षा

२०७५ माघ ८ गते

बैंकिङ खबर । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग सम्बन्धि नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्नको लागी “एशियन क्रिटिकल केयर” पुरक करार बीमा योजना सार्वजनिक गरेको छ ।

ऐच्छिक सुविधा मार्फत बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्चवापत ५० लाख रुपैयाँ सम्म भुक्तानी पाउने छन् ।
बीमा योजनाका बिशेषताहरु 
१८ वटा घातक रोगविरुद्धको रक्षावरण
५० लाख सम्मको एकमुष्ठ बीमा रकम प्राप्त हुने
बीमा रकम लिन अस्पतालको बील पेश गर्नु नपर्ने
बीमाङक ५० हजारदेखि  ५० लाखसम्म
प्रवेश उमेर १६ वर्षदेखि ६० वर्षसम्म