बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बाँस्टारी शाखाले संस्थाका आफ्ना २० जना ग्राहक सदस्यहरुको सहभागितामा पौष १ गतेदेखि पाल्पा जिल्लाको तानसेनमा कुखुरापालन तालिमको सुरुवात गरेको छ । उक्त तालिम पौष ३ गते सकिने संस्थाले जनाउको छ । तालिममा प्रशिक्षकहरु जिल्ला पशु कार्यालय पाल्पाका कार्यालय प्रमुख डा. चन्द्र बहादुर राना, जिल्ला पशु कार्यालय पाल्पाका पशु प्राविधिक युवराज ज्ञवाली, जिल्ला पशु कार्यालय पाल्पाका पशु प्राविधिक दान बहादुर कुँवर, शाखा प्रमुख सिता पाण्डे क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत पूर्ण बहादुर खड्का रहेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउने पहल गरी रहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको छ । यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत पूर्ण बहादुर खड्काले जानकारी दिए ।
तालिममा प्रशिशक्षर्थिहरुले कुखुरापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरापालन भिन्नता, महत्व, आवश्यकता र वर्तमान स्थिति तथा ब्रोईलर एवम लेयर्स कुखुराको जातिय परिचय र ब्रोईलर पाल्नको कारण तथा महत्व, कुखुरापालन विधि, खोरको महत्व, उन्नत वा सुरक्षित खोर निर्माण गर्न ठाउँको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, चल्ला ल्याउन पूर्व गर्न पर्ने तयारीहरु, गुणस्तरिय चल्लाको पहिचान, ब्रुडिङ्गको परिचय, ब्रुडिङ्ग हाउसमा चल्ला राख्दा चल्लाको छनौट, जाडो तथा गर्मीयाममा चल्ला ब्रुडिङ्ग गर्ने तरिका एवम ब्रुडिङ्ग हाउसमा उपयुक्त तापक्रमको महत्व र ब्रुडिङ्ग गर्दा ध्यान दिनु पर्ने कुराहरुका बारेमा जानकारी हासिल गरेका थिए ।
संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ ।