बैंकिङ खबर । एनएमबि माइक्रोफाइनान्सले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । माइक्रोफाइनान्सले १ करोड ३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गतवर्षको तलुनामा ४३.१८ प्रतिशतले घटेको हो । माइक्रोफाइनान्सले गत वर्षको सोहि अवधिमा १ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो ।
१६ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी पु¥याएको माइक्रोफाइनान्सले जगेडाकोषमा ९ करोड ७० लाख रुपैयाँ राखेको छ । कर्जामा भने २१.६० प्रतिशतले बृद्धि गरी २ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ पु¥याएको छ । खुद व्याज आम्दानी बढेर ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा भने ४४.८१ प्रतिशतले घटेर १ करोड ५६ लाख रुपैयाँमा झरेको छ । खुद व्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घट्नजाँदा नाफा प्रभावित भएको हो ।
माइक्रोफाइनान्सको जोखिम युत्त सम्पति १०.१२ प्रतिशत रहेको छ । निष्कृय कर्जा २.८९ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात ९०.१६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५९ रुपैयाँ ८८ रुपैयाँ रहेको छ ।