बैंकिङ खबर। बीमा समितिले बैदेशीक रोजगार बीमाको लागी संचालन गर्न लागेको बीमापुलको विषयमा छलफल गर्न जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतिहरुलाई बोलाएको छ । बीमापुललाई लागु गर्ने अथवा कसरी अगाडी बढाउने भन्ने विषयमा छलपल गर्न आज ३ बजे बीमा समितिले बैठक बोलाएको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । आजको बैठकमा बीमापुल योजना लागु गर्ने मिति तय गर्ने सम्भावना रहेको उनले बताए ।
बैदेशिक रोजगारमा जानेहरु दलालहरुबाट ठगिएपछि समितिले बीमापुलको अवधारणा ल्याएको होृ ।उक्त योजनाअनुसार बीमापुलको छुट्टै काउन्टर स्थापना हुने छ । त्यस्तै बैंक खाता पनि छुट्टै हुनेछ । बैदेशिक रोजगारीमा जानेले बैंक खातामा पैसा जम्मा गरी बीमापुलको काउन्टरमा गई बीमा गर्न सक्छ । यसरी गरीएको बीमाको प्रिमियम, कम्पनीहरुले बााडेर लिने छन् र जोखिम पनि बाँडेर बहन गर्नेछन् ।


