Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कार्यक्षेत्र विस्तार गर्न लघुवित्तलाई नयाँ निर्देशन

२०७५ पुष २० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कार्यक्षेत्र विस्तार गर्न निर्देशन दिएको छ ।  राष्ट्र बैंकबाट इजाजतप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७५ को बुदा नं १८ लाई परिमार्जन गरिएको हो । 

निर्देशन बमोजिम प्रादेशिकस्तरबाट राष्ट्रियस्तरमा कारोबार संचालन गर्न चाहाने लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकका विभिन्न शर्तहरु पुरा गरेको हुनुपर्दछ :

लघुवित्तले पुरा गर्नुपर्ने शर्तहरु 
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याएको हुनुपर्छ  । 
नियमित रुपले बार्षिक लेखापरिक्षण गरी साधरणसभा गरेको हुनुपर्छ । 
वित्तीय संस्था पछिल्लो तीन बर्ष सञ्चित नोक्सानीमा नरहेको हुनुपर्छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार पुँजीकोष पर्याप्त रहेको हुनुपर्दछ । 
कर्जाको वर्गिकरण गरी सो को लागि पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम गरेको हुनुपर्छ ।
निष्कृय कर्जा पाँच प्रतिशत ननाघेको हुनुपर्छ । प्रादेशिक स्तरमा कारोबार गरेको पाँच बर्ष पुरा गरेको र कार्यरत प्रदेशको सबै जिल्लामा कम्तिमा एउटा एउटा शाखा विस्तार गरी कारोबार गरेको हुनुपर्छ ।
संस्थाका अध्यक्ष, संचालक समिति र कार्यकारी प्रमुख कारवाहीमा परेको भए फुकुवा भएको तीन बर्ष पुरा भएको हुनुपर्छ । इजाजत दिँदाका सबै शर्तहरु पुरा भएको हुनुपर्छ । 

गाभ्ने र गाभिने सम्बिन्धी व्यवस्था
बैंक तथा वित्तीय संस्था सम्बिन्धी ऐन २०७३ को दफा ७० बमोजिम लघुवित्त वित्तीय संस्था गाभ्न तथा गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्न, गाभिने तथा प्राप्ती सम्बिन्धी विनिमावली २०७३ बमोजिम हुनेछ । 

प्रोदेशिक स्तरका लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभिई वा प्राप्ती गरी राष्ट्रिय स्तरमा जाने चाहेमा गाभिएर प्राप्ती गरी बन्ने संस्थाको चुक्त पुँजी तथा पुँजीकोष राष्ट्र बैंकले तोकेबमोजिम हुने गरी अन्य व्यवस्थामा छुट प्रदान गरी विषेश प्रथामिकता दिन सकिनेछ । 

राष्ट्र बैंकले ताकेको समयभित्र ताकेको पुँजी नपुर्याएमा, विगत पाँच बर्षदेखि लगातार नोक्सानीमा रहेमा, राष्ट्र बैंकले दिएको निर्देशन पटक पटक उल्लंघन गरी कारवाहीमा परेमा वा राष्ट्र बैंकले तोकेबमोजिम जोखिम व्यहोर्ने कोष कायम गर्न नसक्ने भएमा त्यस्तो लघुवित्तलाई अन्य कुनै घ वर्गको इजाजतप्राप्त संस्थासँग गाभिन वा प्राप्ती गर्न राष्ट्र बैंकले निर्देशन दिन सक्ने परिमार्जित निर्देशिकामा उल्लेख छ । 

Ad