Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ परीक्षाको लागि बैंकिङ ट्रेनिङ हुने

२०७५ पुष १९ गते

बैंकिङ खबर । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई)ले बैंकिङ परीक्षालाई सहयोगी हुने गरी पुस २५ गतेदेखि बैंकिङ ट्रेनिङ संचालन गर्ने भएको छ । मेनेजमेन्ट स्टुडेन्टलाई लक्षित गरि संचालन गर्न लागिएको पाँच दिने ट्रेनिङ बैंकिङ करियर बनाउन चाहाने तथा बैंकमा रोजगारी गर्न चाहानेका महत्वपूर्ण सावित हुने बताइएको छ । 

सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन् । यसकारण बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् । हरेक दिन फरक फरक बैंकले भ्याकेन्सी खोलिरहेका छन् । तथापि, सम्बन्धित विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण बैंकको ढोकासम्म पुगेर विद्यार्थीहरु फर्किनुपर्ने अवस्था छ । यसै तथ्यलाई मध्यनजर गर्दै बीएमटीआईले बैंकमा जागीर गर्नका लागि आवश्यक ज्ञान प्रदान गर्ने गरी ट्रेनिङ संचालन गर्न लागेको हो ।

ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी हुन चाहने व्यक्तिका लागि तीन हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ । बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ०१५७०५५५३, ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।

Ad