Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मेगा बैंकमा कस्टमर केयर सेवा, सेवा लिन झन्झट नहुने

२०७५ पुष १७ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठ वटा शाखामा ग्राहकहरुको सुविधाका लागि पुस १७ गतेबाट विशेष सुविधा सुरु गरेको छ । बैंकले उक्त सुविधाका लागि ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो ।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानी भित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको उक्त सेवा पछि अन्य शाखाहरुमा पनि यस सुविधा विस्तार गर्ने बैंककी सिइयो अनुपमा खुञ्जेलीले बताईन् । उनले भनिन् “हरेक ग्राहक हाम्रो लागी मुल्यवान हुन्छन् । उनीहरुलार्ई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले हामीले यो सुविधा सुरु गरेका हौँ ।”

मेगा कस्टमर केयर अफिसरले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरुलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकको सम्बन्धित शाखासँग समन्वय गर्नेछन् । जसले ग्राहकहरुलाई बिना झन्झट, छिटो छरितो सेवा लिन मद्दत पुग्ने बैंकले जनाएको छ । 

Ad