Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रत्यक्ष वैदेशिक लगानी विस्तारमा सहयोग गर्न श्रीलंकालाई नेपाली व्यवसायीको आग्रह

२०७५ पुष १६ गते

बैंकिङ खबर । नेपालस्थति श्रीलंकाली दुतवास र नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिज संयुक्त रुपमा नेपाल र श्रीलंका बीचको आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको छ । नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६१औं वर्षको अवसरमा नेपाली उद्यमी तथा व्यवसायी र श्रीलंकाली दुतावासका बिच कसरी दुई देशिय सम्बन्धलाई आर्थिक हिसावले मजबुद बनाउन सकिन्छ र लगानीलाई दुवैतर्फ कसरी आकिर्षत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

कुटनीतिक सम्बन्धलाई अझ गाढा बनाउँदै मुलुकको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउनु पर्दछ भन्ने अभिप्रायले २००६ मा द्धिराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा नेपाल श्रीलंका चेम्वर अफ कर्मश एण्ड इन्डष्ट्रिज गठन भएको हो । संघ गठन पश्चात द्धिपक्षिय लगानी अभिवृद्धिका सन्दर्भमा दुवै देशका उद्यमी व्यवसायी बीच संयुक्त लगानी परियोजनाहरुमा काम अघि बढाइएको नेपाल श्रीलंका उद्योग वाणिज्य संघका अध्यक्ष रमेश महर्जनले बताए । नेपाल र श्रीलंकाबीच द्धिपक्षीय संयुक्त लगानीका प्रशस्त सम्भावनाहरु रहेको समेत उनले बताए ।

खासगरी चिया, जडिवुटी,पत्थर, सिफुड, शिक्षा, पर्यटन, जलविद्युत  लगायतका थुप्रै क्षेत्रहरु रहेका छन् । सन् १९९९ मा नै दुई देश बीच एग्रिमेन्ट अफ ओभिडेन्स अफ डवल टयागसेसन सम्पन्न भएकाले पनि नेपालमा श्रीलंकाबीचको प्रत्यक्ष लगानीमा सहजता रहेको छ । 

दुई देशबीचका सरकारी र निजी क्षेत्र वीचको सहकार्यले आगामी दिनहरुमा दुई देशिय लगानी अभिवृद्धिमा टेवा पुग्ने महर्जनको भनाई छ । हाल नेपालबाट २५ लाख बराबरको वस्तुहरुको निकासी श्रीलंकातर्फ गरेको देखिएको छ भने श्रीलंकाबाट १७ करोड बराबरका वस्तुहरुको आयात भएको सरकारी तथ्यांकले देखाएको छ । नेपालमा श्रीलंकाबाट बैंक तथा बीमा क्षेत्रमा संयुक्त लगानी प्रवाह भएको देखिन्छ भने पछिल्लो समय ७ वटा परियोजनामा लगानी स्वीकृत भएको सहकारी तथ्यांकले देखाएको छ ।

कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण परेराले नेपाल र श्रीलंका बीचको  ६१ औं वर्षमा प्रवेश गर्दै गर्दा दुई देशीय आर्थिक सम्बन्धलाई थप बलियो पार्नु पर्ने बताए । उनले भने, “पर्यटनको प्रशस्त सम्भावना भए तापनि दुई देश बीच डाइरेट उडान हुन नसक्दा वार्षिक ५०औं हजार पर्यटक भारत हुँदै लुम्बिनी जाने गरेको बताए । ७४ प्रतिशत बौद्ध धर्मावलम्बीहरु भएको देश श्रीलंकाका नागरिक लुम्बिनीसम्म ल्याउन सके पर्यटन विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ ।”

Ad