बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले क्षेत्रीय रुपमा सञ्चालित विकास बैंक र फाइनान्स कम्पनीलाई प्रादेशिक रुपमा सञ्चालन गर्ने भएको छ । जसका लागि बैंक तथा फाइनान्स कम्पनीको चुक्ता पूँजी त्यसै अनुसार निर्धारण गरेको छ ।
प्रादेशिक विकास बैंकको चुक्ता पूँजी १२० करोड हुने छ । फाइनान्स कम्पनीको भने ५० करोड रुपैयाँ हुने छ भने प्रदेश स्तरका लघुवित्तलाई २ करोड पूँजी तोकिएको छ ।
अहिले दुई वा सो भन्दा बढि प्रदेशमा काम गरिरहेका संस्थाले कुनै निश्चित प्रदेश छान्नु पर्ने भएको छ । २०७७ असारसम्ममा क्षेत्रिय स्तरका विकास बैंक , फाइनान्स तथा माइक्रोफाइनान्सहरुले तोकिएकमे पुँजी र प्रदेश छानिसक्नुपर्ने छ ।
उक्त वित्तीय संस्थाले कार्यक्षेत्र रोजेको प्रदेशमा शाखा विस्तार गर्नको लागि अन्य प्रदेशबाट शाखा स्थानान्तरण नगरे स्वीकृति लिएको प्रदेशमा नयाँ शाखा विस्तार गर्न पाउने छैन । चुक्ता पूँजी पुरा गर्दा मर्जर वा प्राप्तिलाई प्राथमिकतामा राख्न राष्ट्र बैंकले निर्दशन दिएको छ ।