Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अजय सुमार्गीको विदेशबाट आएको रकमको भुक्तानी दिन सर्वोच्चको आदेश 

२०७५ पुष १२ गते

बैंकिङ खबर । ब्यापारी अजयराज सुमार्गीको विदेशबाट आएको रकम भुक्तानीका लागि सर्बोच्च अदालतले निर्देशन दिएको छ। न्यायाधीश दीपकराज जोशीको इजलासले सुमार्गीको बर्षौंदेखि बैंकमा फ्रिज भएको रकम भुक्तानी दिन बाटो खोलिदिएको हो। उनको ७० लाख डलर रोकिएको थियो।

जोशीको एकल इजलासले दुबै पक्षको कुरा सुन्नु पर्ने भएकाले आगामी २४ गते पेशी तोक्हिकिएको छ । अहिलेका लागि भने राष्ट्र बैंकको नाममा आदेश जारी गरी भुक्तानी नरोक्न भनेको छ । अदालतले बृहत्तर रुपमा छलफल गर्न उपयुक्त भएको भन्दै पुस २ गते नेपाल राष्ट्र बैंकलाई उपस्थितिका लागि निर्देशन दिएको छ। अदालतले दुबै पक्षको बयान सुनेपछि आवश्यक निर्णय गर्ने जनाएको छ। 

सुमार्गीले सुर्खेतमा दैनिक एक हजार दुई सय मेट्रिक टन क्षमताको सिमेन्ट कारखाना स्थापना गर्नका लागि विदेशबाट पैसा ल्याएका थिए। त्यसको स्रोत नखुलेको भन्दै तत्कालिन गभर्नर डा. युवराज खतिवडाले रोकेका थिए। 

यसअघि अदालतको आदेशपछि सुमार्गीले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिव दुई करोड १३ लाख अमेरिकी डलर भुक्तानी पाएका थिए। 

Ad