Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरु ऋण विस्तारमा आक्रामक, कुन बैंकले कति बढाए ?

२०७५ पुष १२ गते

बैंकिङ खबर। बैंकहरुको ऋण विस्तार आक्रामक रुपमा बढेको छ। यस आर्थिक वर्ष मंसिर २८ गतेसम्म बैंकहरुले २ खर्ब ३ अर्ब थप ऋण बढाएका छन्। 

मंसिर २८ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह २३ खर्ब १४ अर्ब पुगेको छ। राष्ट्र बैंकले यस आर्थिक वर्षमा कर्जा वृद्धिको सिलिङ २० प्रतिशतसम्म राखे पनि बैंकहरुको अहिलेको गतिलाई हेर्दा त्यो सीमा नाघ्ने देखिन्छ।

५ महिनाको अवधिमै बैंकहरुले ९. ६ प्रतिशतले कर्जा बढाएका छन्। कर्जाको माग नै उच्च भएकाले ऋण विस्तार बढेको बैंकर बताउँछन्। 

यस आर्थिक वर्षको मंसिरसम्म निक्षेपभन्दा कर्जाको वृद्धि बढी छ। यस अवधिमा निक्षेप जम्मा ६ प्रतिशतले मात्रै बढेको छ।

असार मसान्तसम्म २४ खर्ब ७० अर्ब रहेको निक्षेप मंसिर २८ गतेसम्म २६ खर्ब २० अर्ब पुगेको छ। त्यसमा स्थानीय तहको खातामा रहेको ५० प्रतिशत रकम समेत जोडिएको छ।

पुस मसान्तमा राजश्व बुझाउने समय भएकाले पुसमा पनि निक्षेपको वृद्धि सुस्ताउने छ। 

साउन अन्तिमदेखि कात्तिकसम्मको डाटा हेर्दा प्रभु बैंकले प्रतिशतका आधारमा सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ। रकमका आधारमा एनआइसी एसिया बैंकको कर्जा विस्तार उच्च छ। प्रभु बैंकले ११. ७९ प्रतिशतले कर्जा बढाएको छ।

रकमका आधारमा यो ९ अर्ब १६ करोड हो। एनआइसी एसिया बैंकले १५ अर्ब कर्जा बढाएको छ। प्रतिशत वृद्धिका आधारमा यो ११. ७७ प्रतिशत हो। यस अवधिमा प्राइम कमर्सियल बैंकको कर्जा भने घटेको छ। 

हेर्नुहोस् साउन अन्तिमदेखि कात्तिक मसान्तसम्म कुन बैंकले कति बढाए कर्ज (रकम दश लाखमा देखाइएको छ) 


 

Ad