Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्वाबलम्बन कोषको रकम बाँड्ने जिम्मा साना किसान लघुवित्तलाई 

२०७५ पुष ११ गते

बैंकिङ खबर । स्वाबलम्बन कोषको रकम साना किसान लघुवित्त वित्तीय संस्थाले सञ्चालन गर्ने भएको छ । 
राष्ट्र बैंकले सञ्चालन गर्दै आएको उक्त कोषको रकम वितरण गर्ने जिम्मा अर्थमन्त्री डा.युवराज खतिवडाको प्रस्तावमा केही दिनअघिको मन्त्रिपरिषदको बैठकले साना किसान लघुवित्तलाई दिएको हो । 

लामो समयदेखि राष्ट्र बैंकले कोषबाट सहकारी संस्थाहरुलाई ८ प्रतिशत ब्याजदरमा प्रति सहकारी ३० देखि ५० लाख रुपैयाँ दिँदै आएको थियो । निर्धारित समयमा नै पैसा तिर्ने सहकारी संस्थालाई राष्ट्र बैंकले ७५ प्रतिशत ब्याज फिर्ता गर्थ्यो । यसो गर्दा इमानदार भएर कारोबार गर्ने सहकारी संस्थाले २ प्रतिशत ब्याजदरमै कोषको पैसा चलाउन पाउँथे ।

स्वाबलम्बन कोषमा सरकार र राष्ट्र बैंक दुबैको पैसा छ । स्वाबलम्बन कोषमा अहिले ९८।९९ करोड रुपैयाँ रहेको छ । 

 
 

Ad