बैंकिङ खबर । बीमा समितीले सम्पती बीमा निर्देशिका परिमार्जन गरेको छ । आईतबार एक पत्रकार सम्मेलन मार्फत बीमा समितीका अध्यक्ष चिरञ्जिवी चापगाईँले बीमक संघ र बीमा समितीको सहकार्यमा यस निर्देशिका परिमार्जन गरेको बताए । माघ १ गतेदेखि लागु हुने गरी उक्त निर्देशिका परिमार्जन गरेकोे हो । निर्जीवन बीमा व्यवसाय अन्तर्गत अग्नी बीमालेख र गार्हस्थ बीमालेखलाई एकै निर्देशिका (सम्पति बीमा निर्देशिका) को अधीनमा रहने गरी क्रमशः सम्पति बीमालेख र घर बीमालेखले प्रतिस्थापन गरिएको हो ।
जमिनमा आधारित सम्पत्तिको लागि अग्नी बीमाको हालसम्म प्रचलनमा रहेको अग्नी बीमा सम्बन्धी सामान्य नियमहरु २०५८ असान्दर्भिक भैसकेको र वर्तमान बीमा बजारमा भएका थुप्रै बीमित र बीमक मैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलनहरु अद्यावधिक हुन नसकेको कारण , अग्नी बीमादर सम्बन्धि सामान्य नियमको भाषाशैली, प्रस्तुती र ढाँचा जटिल भएको साथै, विद्यामान अग्नी बीमादर सम्बन्धी सामान्य नियममा नेपालका बीमायोग्य सम्पतीहरुको व्यवाहारिक रुपमा वर्गिकरण नगरिएको र वर्गिकरणमा परेका कयौ उद्योगहरु नविन प्रविधिका कारण लोप भैइसकेको तर, हाल प्रचलनमा रहेका नयाँ प्रकारका छुट भएको कारण कारण यस निर्देशीका परिमार्जन गरिएको हो ।
हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नी र भूकम्प) सहित सबै बीमायोग्य जोखिम लिदा समेत कूल बीमा शुल्कमा औसतमा ६५ प्रतिशतका दरले बीमा शुल्क घटी हुने भएको छ । त्यसकाराण बीमाको दायरामा व्यापक वृद्धि हुने समितिले जनाएको छ ।
समितिले गरेको परिमार्जन अनुसार १ करोड रुपैयाँभन्दा कम मूल्यको घरको बीमा गराउँदा प्रतिहजार रुपैयाँको ४० पैसाका दरले बीमा शुल्क तिरेर बीमा गराउन सकिने छ । हुलदंगा तथा आतंकबाद जोखिम भने यस्तो बीमामा समावेश हुने छैन ।
साथै, यस निर्देशिकामा बीमितको हित प्रबद्र्धन गरिएको छ । बीमकले बीमा दाबी नदिएमा, गलत बीमा दाबी दिएमा वा गलत व्यक्तिलाई दिएमा अथवा बीमा दाबीमा चित्त नबुझेमा उजुरी गर्ने हदम्याद छ महिना (मुलुकी देवानी संहिता ऐन २०७४) अनुरुप गरिएको छ ।