बैंकिङ खबर । १० रूपैयाँका पोलिमर नोट छपाइमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलसहित ३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावल, नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र अस्ट्रेलियाको मे फ्लावरका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेले जनही ९१ लाख ९ हजार रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
रावल र पौडेललाई ६ वर्षसम्म कैद र ९१ लाख ९ हजार ८ सय ८९ रूपैयाँ जरिवानाको माग गरिएको छ। पाँडेलाई पनि सो जरिवाना ६ महिनादेखि १ वर्षसम्मको कैद सजाय दिनुपर्ने माग गरिएको छ।
१० रूपैयाँको पोलिमर नोट ५ करोड थान छाप्न मे फ्लावर कम्पनीलाई जिम्मा दिइएको थियो।
तत्कालीन गभर्नर रावल, नोट विभाग प्रमुख पौड्याल र पाँडेले ती रूपैयाँ छपाउन दिँदा नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराएर हानी पुर्यार्एको अख्तियारको आरोप छ।