बैंकिङ खबर । स्थापनादेखि नै कार्यरत राजनसिंह भण्डारीले सिटिजन्स बैंक इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृत पद छाडेका छन् । पुस १६ गते कार्यकाल सकिन लागेका भण्डारी पुस १ गतेबाटै बिदा बसेका छन् । प्रमुख कार्यकारीबाट हटेर भण्डारी प्रमुख सल्लाहकारका रुपमा रहनेछन् । कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएका गणेशराज पोखरेललाई नै सीईओ नियुक्त गर्ने तयारी बैंक संचालक समितिले गरेको छ ।
नेपाल राष्ट्र बैंकका क्याडर समेत रहेका उनी लामो समय नियमन, विदेशी विनिमय विभागमा बसेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।