Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद पुस १७ गतेदेखि

२०७५ मंसिर २८ गते

बैंकिङ खबर । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेबाट चुक्तापुँजीको ८० प्रतिशत अर्थात १० बराबर आठ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । माघ २१ गतेसम्म निष्काशन खुला रहने सेयरमा मंसिर ७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

ग्लोबल आइएमई क्यापिटल जमल, आइएमई जनरल इन्योरेन्स कम्पनीका शाखा कार्यालयरु र नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीको हालको चुक्ता पूँजी ५४ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनसँगै चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।