December 13th, 2018

जोखिम धान्ने गरी बैंकहरुको पुँजी बढाउन आईएमएफको सुझाव

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले बैंकहरुको पूँजी बृद्धि गर्न सुझाव दिएको छ । मुद्रा कोषको टोलीले बिहीबार पत्रकार सम्मेलन गर्दै बैंकहरु ऋण बिस्तारमा आक्रमक हुँदा जोखिम बढेकाले पूँजी बृद्धि गर्न सुझाव दिएको हो। बैंकहरुले लगानी बिस्तारमा आक्रामक नीति लिएका कारण निम्तिने जोखिम न्युनीकरणका लागि पुँजी बढाउनुपर्ने कोषको भनाई छ । 

त्यस्तै, उच्च आर्थिक बृद्धि दर नेपालले थेग्न नसक्ने भन्दै थोरै तर दिगो आर्थिक बृद्धिको लक्ष्य लिन पनि आईएमएफले सुझाएको छ । उच्च आर्थिक बृद्धिका लागि हिँड्दा ऋणको माग बढेको र यसले आयात प्रोत्साहित भएर शोधनान्तर र चालु खाता घाटा फराकिलो भएको तर्क गर्दै आईएमएफ टोलीले यस्तो सुझाव दिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]