December 11th, 2018

विकास बैंकहरु ब्याजदर बृद्धिको प्रतिष्पर्धामा नजाने

बैंकिङ खबर । विकास बैंकहरु ब्याजदर बृद्धिको प्रतिष्पर्धामा नजाने भएका छन् । बैंकर्स संघले गत हप्ता ब्याजदरको ११ प्रतिशतको सिमा हटाएसँगै वाणिज्य बैंकहरुले ब्याज बृद्धिमा चर्को प्रतिष्पर्धा गरीरहेका छन् । जनता बैंकबाट ब्याजदर बृद्धिको प्रतिष्पर्धा सुरु भएको थियो । अहिले माच्छापुच्छ्रे बैंक, कुमारी बैंक, सेञ्चुरी कर्मसियल बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक तथा सनराइज बैंकले पनि बढाईसकेका छन् । 

ब्याज नबढाउने औपचारीक निर्णय नै गरेको वित्तीय संस्था संघले पनि निक्षेप खोसिने डरको कारण १३ प्रतिशतसम्म जाने निर्णय गरेको छ । वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुले व्याजदर बढाइरहेको बेला विकास बैंकहरु भने मौन देखिएका छन् । विकास बैंकहरुमा औपचारीक रुपमा कुनै त्यस्तो सिमा तोकेर सहमति गरिएको छैन । 

अहिले विकास बैंकहरुले निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिएका छन् । औपचारिक रुपमा सहमति नभए तापनि विकास बैंकहरुले १२.५ प्रतिशतभन्दा माथि नजाने अनौपचारीक सहमति रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले बताए ।

‘ब्याजदर नबढाउँदा निक्षेप खोसिने डर हुँदैन ?’ भन्ने बैकिङ खबरको प्रश्नमा उनले बैंकहरुले दिर्घकालिन रुपमा नै ब्याज नबढाएको र केहि समयमा नै ब्याज घट्ने हुनाले आफुसँग भएको निक्षेप नखोसिने बताए । नयाँ निक्षेप ल्याउनको लागि भने केहि असहज हुने अध्यक्ष ढकालको भनाई छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]