December 11th, 2018

तीन नयाँ निर्जिवन बीमा कम्पनीलाई कृषि बीमा गर्न १० जिल्ला बाँडफाँड

बैंकिङ खबर । बीमा समितिले तीन नयाँ निर्जीवन कम्पनीलाई कृषि बीमा गर्न १० वटा जिल्ला विभाजन गरेको छ । समितिले अजोड इन्स्योरेन्स कम्पनीलाई ४ वटा, सानिमा जनरल इन्स्योरेन्सलाई तीन वटा र जनरल इन्स्योरेन्सलाई तीन वटा जिल्ला तोकेको हो । अजोड इन्स्योरेन्सलाई गुल्मी, पर्वत, पूर्वी रुकु्म र रौतहट जिल्ला तोकिएको छ । त्यस्तै, जनरल इन्स्योरेन्सलाई रसुवा, सिरहा र पर्सा तथा सानिमा जनरल इन्स्योरेन्सलाई कपिलवस्तु, नवलपुर र मोरङ जिल्ला तोकिएको छ ।

नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले १ माघ ०६९ देखि कृषि बीमा कार्यक्रमको सुरुवात गरेको हो । मन्त्रालयले सुरु गरेको कार्यक्रमलाई अगाडि बढाउँदै बीमा समितिले आव ०७०।७१ देखि कृषि तथा पशु बीमालाई अनिवार्य गरेको छ । तर, बिमकहरू कृषि बीमाप्रति अटेरी भएपछि समितिले २०७१ फागुनमै कम्पनीहरूलाई जिल्ला १७ वटा निर्जिवन बीमा कम्पनीलाई ५१ वटा जिल्ला विभाजन गरी कृषि बीमा गर्न निर्देशन दिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]