December 9th, 2018

मुद्रा र पुँजी बजारबारे सुझाव समितिले काम थाल्यो

बैंकिङ खबर । मुद्रा बजार र पुँजी बजारमा देखिएका समस्या समाधानका लागि डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले आजबाट काम थालेको छ ।

आज बसेको बैठकले बैंक र पुँजी बजारमा देखिएका समस्या संकलन गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ। अर्को बैठक मंगलबार बस्नेछ । सो बैठकमा बैंकर्स एसोसिएसन र लगानीकर्ताको इन्भेष्टर्स फोरमले आ आफ्ना क्षेत्रमा संकलन गरेका सुझावहरू प्रस्तुत गरिनेछ । 

आजको बैठकमा समितिको उद्देश्य, कार्यक्षेत्र र दिनुपर्ने सुझावबारे छलफल भएको थियो । आजको बैठकमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले व्यक्तिगत मुद्दतिको व्याजदरमा छोडिएको स्वतन्त्रता र अहिले देखिएको अवस्थाबारे संक्षेपमा आफ्नो धारणा राखे । त्यस्तै इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिाबकाप्रसाद पौडेलले पुँजी बजारमा देखिएका समस्याबारे बोलेका थिए । 

आगामी बैठकमा लगानीकर्ता र बैकर दुवै पक्षले आफ्ना पक्षमा देखिएका समस्या र तिनको समाधानका लागि आवश्यक सुझाव दिनेछन् । दुवै पक्षको सुझाव एक अर्कासँग विरोधाभाष नहुनेगरी समितिले अर्थ मन्त्रालयलाई ठोस सुझावहरु दिनेछ । 

बैंक को ब्याजमा देखिएको प्रतिस्पर्धा र शेयर बजारमा भारी गिरावट आएपछि अर्थमन्त्री खतिवडाले सात दिनको समय दिएर गत बिहीबार समिति गठन गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]