December 6th, 2018

बैंकर्स संघको कार्य समिति सदस्यका लागि तीन जनाको उम्मेदवारी

बैंकिङ खबर । बैंकर्स संघको कार्य समिति सदस्यका लागि तीन जनाको उमेद्वारी परेको छ । ग्लोबल आइएमइ बैंकका जनक शर्मा पौडेल, माछापुछ्रे बैंकका सुमन शर्मा र सिभिल बैंकका गोबिन्दप्रसाद गुरुङले उमेद्वारी प्रस्तुत गरेका छन् । तीन पद रिक्त रहेकोमा तीन वटा नै उम्मेदवारी परेकाले आज साँझ हुन लागेको बार्षिक साधारणसभामार्फत यसैलाई अनुमोदन गर्ने तयारी संघले गरेको छ । 

बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हटेलगत्तै संघको पद पनि खाली हुने हुन्छ । यस आधारमा सुदेश खालिङ लक्ष्मी बैंकबाट बाहिरिएपछि संघमा एक पद खाली भएको थियो भने पहिलेदेखि दुई पद रिक्त थिए, जसमा पर्शुराम कुँवर क्षेत्री र रत्नराज बज्रचार्यले अन्तरिक कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका थिए । अहिले यी तीन वटै पदका लागि उम्मेदवारी परेको छ । पर्शुराम कुँवर क्षेत्री र रत्नराज बज्रचार्यले उम्मेदवारी दिएका छैनन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]