Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नयाँ जीवन बीमा कम्पनीहरु : कुनको मुनाफा कति ? 

२०७५ मंसिर १६ गते

बैंकिङ खबर । हाल संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीमध्ये नौ वटा जीवन बीमा कम्पनी नयाँ हुन् । संचालनमा आएको छोटो समयमा नै कम्पनीहरुले राम्रो मुनाफा आर्जन गर्न सफल भएका छन् । 

मुनाफामा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स अगाडी
नयाँ जीवन बीम कम्पनीहरुमा सबैभन्दा धेरै नाफा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको छ भने प्रभु लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा कम रहेको छ । रिलायबलले पाँच करोड २५ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्ज गरेको छ भने प्रभुको नाफा एक करोड २० लाख ११ हजार रुपैयाँ रहेको छ । 

बीमा शूल्क आर्जनमा यूनियन लाइफ अगाडी
बीमा शुल्क आर्जनमा यूनियन लाइफ इन्योरेन्स अगाडी रहेको छ । सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्स रहेको छ ।