Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनरल इन्स्योरेन्स कम्पनी र देवः बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

२०७५ मंसिर १३ गते

बैंकिङ खबर । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र देवः बिकास बैंक लिमिटेड  बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । बिहिबार आयोजित एक कार्यक्रमका बीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका  प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने भएका छन् ।