Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्त वित्तीय संस्थाहरुको संख्या ६८ पुग्यो

२०७५ मंसिर २ गते

बैंकिङ खबर । नेपालको बैंकिङ प्रणालीमा विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या क्रमशः घट्दै जाने क्रममा छन् भने लघुवित्त वित्तीय संस्थाहरुको संख्या क्रमश बढिरहेका छन् । लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको नेपाल राष्ट्र बैंकले आवेदन दिइसकेका लघुवित्तहरुलाई भने लाइसेन्स वितरण गरिरहेको छ । 

हाल राष्ट्र बैंकबाट लाईसेन्स लिएका लघुवित्तहरुको संख्या ६८ पुगेको छ । यी लघुवित्त वित्तीय संस्थाहरुले गाउँ गाउँमा आफ्नो सेवा विस्तार गर्दै आएका छन् । यसबाहेक, २३ वटा गैरसरकारी संस्थाहरु लघुवित्तले जस्तै कारोबार गर्दै आएका छन् । यस्ता गैरसरकारी संस्थाहरुलाई ‘घ’ वर्गको इजाजत दिएर ग्रामीण भेगमा सेवा विस्तार गर्न नेपाल राष्ट्र बैंककले लाईसेन्स दिने व्यवस्था गरेको छ । जसमध्ये ३ वटा गैरसरकारी संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट लाईसेन्स लिई गाउँ गाउँमा सेवा विस्तार गर्दै आईसकेका छन् भने बाकी संस्थाहरु लाईसेन्स लिने क्रममा छन् । यस हिसाबले आगामी १ वर्षभित्रमा लघुवित्तहरुको संख्या ११५ र ११६ को हाराहारीमा पुग्ने छ ।

Ad