Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रिभर्स रिपोमा दोब्बर आवेदन

२०७५ मंसिर २ गते

काठमाडौं( बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको छ । पछिल्लो समयमा बैंकहरु कर्जा लगानीयोग्य रकम अभाव बढेको भए पनि तरलता भने अधिक देखिएको हो । 

गत बिहीबार नेपाल राष्ट्र बैंकले निस्कासन गरेको रिभर्स रिपोले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको स्पष्ट हुन्छ । केन्द्रीय बैंकले ५ अर्बको रिभर्स रिपो निस्कासन गरेको भए पनि त्यसका लागि १० अर्ब २० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । अधिक आवेदन मात्र नभै रिभर्स रिपो रेटमा पनि कमी आएको छ । बिहीबारको औसत रिभर्स रिपो रेट ०.६०५२ प्रतिशतमा कायम भएको छ । 

यसअघि जारी भएका रिभर्स रिपोमा ०.१२८८ प्रतिशत थियो । केन्द्रीय बैंकले चालू आर्थिक वर्षमा कूल ५ पटक रिभार्स रिपो जारी गरेको छ । केन्द्रीय बैंकले बिहीबार ७ दिने रिभर्स रिपो जारी गरेको हो । यसअघि केन्द्रीय बैंकले चालू आवको पहिलो रिभर्स रिपो पनि ५ अर्बको नै जारी गरेको भए पनि ७० करोडको मात्र बिक्री भएको थियो । तर, त्यसपछि ४ रिभर्स रिपोहरुमा भने अधिक आवेदन परेको छ ।

रिभर्स रिपो जारी हुँदा बैंकहरुले प्रतिस्पर्धात्मक ब्याज दरमा केन्द्रीय बैंकलाई रकम उपलब्ध गराउँछन् । केन्द्रीय बैंकले सस्तो ब्याज दरलाई प्राथमिकता दिई बैंकहरुबाट रकम लिने गर्दछ । त्यसैले ब्याज दर जति कम कायम भयो, बैंकहरुसँग उति बढी अनावश्यक तरलता रहेको मानिन्छ । कारोबार दैनिकमा प्रकाशित समाचार
 

Ad