]बैंकिङ खबर / नेपालको बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा नविल बैंक सम्मानीत भएको छ । गत बर्षमा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा नविल बैंकलाई सरकारले उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो । उक्त सम्मान नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ग्रहण गरेका छन् । त्यसैगरी सहकारी तथा लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त वित्तीय संस्था उत्कृष्ट करदाता भएको छ । छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले उक्त सम्मान ग्रहण गरेका हुन् ।

त्यसैगरी बीमा क्षेत्रमा नेपाल पुनर्बिमा कम्पनी उत्कृष्ठ करदाता बनेको छ । आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १५ संस्था तथा व्यक्तिलाई कर दिवसको अवसरमा सम्मान गरेको हो ।
सुर्य नेपाल प्रालिले यस बर्षको सबै भन्दा बढी आयकर तिरेको छ । सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सुर्य नेपालका उपाध्यक्ष रवि केसीलाई सम्मानित गरियो । सुर्य नेपालले यस अघि पनि सबै भन्दा बढी आयकर तिरेको थियो । व्यक्तिगत तर्फ सबै भन्दा धेरै आयकर तिर्नेमा उद्योगी सिद्धार्थ राणा रहेका छन् । निर्यात उद्योग तर्फ सबै भन्दा धेरै कर तिर्ने डाबर नेपाल, उद्योग तर्फ हिमाल पावर कम्पनी ,कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि, स्वास्थ्य तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज, सूचना प्रविधि तर्फ एफ वान सफ्ट इन्टरनेशनल, पर्यटन तर्फ तारागाँउ रिजेन्सी होटल, व्यापारमा सिप्रदी ट्रेडिङ सम्मानित भएका छन् । यस्तै ४० करोड रुपैंयासम्म व्यवसाय गर्नेबाट सबै भन्दा बढी आय कर तिर्ने नेपाल इन्भेष्टमेन्ट लिमिटेड र ४० देखि ८० करोड रुपैया कारोबार गर्ने मध्येबाट नेपाल धितोपत्र बिनिमय बजार सम्मानित भएका छन् भने १० वर्षमा मुल्य अभिवृद्धिकर विवरण समायमा पेश गरि कर चुक्ता गर्ने कम्पनीमा घोराही सिमेण्ट सम्मानित भएको छ ।