November 15th, 2018

राष्ट्र बैंकमा ११४ जनालाई रोजगारी 

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ११४जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतीयमा २१ जना, सहायक निर्देशक अधिकृत तृतीय(चाटर्ड एकाउन्टेन्स) १०,सहायक निर्देशक अधिकृत तृतिय कानून २ पदमा आवेदन मागेको छ । यस्तै सहायक द्धितिय प्रशासन ६८ तथा सहायक द्धितिय प्राविधक पदमा १३ जनाको आवेदन माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २९ देखि मंसिर २८ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]