November 14th, 2018

कर्मचारी सञ्चयकोषका सबै सञ्चयकर्ताको निःशूल्क स्वास्थ्य बीमा

बैंकिङ खबर । राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चय कोष बिच कर्मचारी संञ्चय कोषको सबै सञ्चयकर्ताको निःशुल्क  स्वास्थ्य बीमा गरिदिने सम्झौता भएको छ । कोषले सामान्य उपचारको लागि एक लाख र कडा रोगको लागि १० लाख रुपैयाँसम्मको  स्वास्थ्य बीमा गरिदिन लागेको हो । 

जसअनुसार कोषले एकीकृत रुपमा सबै संचयकर्ताको लागि एउटै प्रकारको बीमा गरिदिने छ । कोषले ६ लाख सञ्चयकताको लागि स्वास्थ्य बीमा गर्न  वार्षिक ३० करोड खर्च गर्नेछ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता नेपाल सरकारले जटिल रोग भनि तोकेका नौ प्रकारका रोग लागेमा अस्पताल भर्ना भएमा १० लाख र अन्य रोग लागेर अस्पताल भर्ना भएर उपचार गरेको खण्डमा एक लाख रुपैयाँसम्म उपचार खर्चको क्षतिपूर्ति पाइने  बताइएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]