November 14th, 2018

बैंक जमानत : आवश्यकता र महत्व

बैंकिङ खबर । जमानतले जहिले पनि नगद सरहको कार्य सुम्पादन गर्ने हुदाँ जमानत एक प्रकारको तरल सम्पति हो ।  जमानत प्राप्ती पछि कुनै पनि ऋण वा ग्राहकले इमान्दारी पुर्वक कार्य सम्पादन नगरेमा, विभिन्न शर्तशरु पालना नगरेमा सोबाट जमानत धनीलाई कुनै प्रकारको हानी नोक्सानी हुन पुगेमा यस्तो हानी नोक्सानीको मौद्रीक क्षतिपुर्ति उपलब्ध गराउनका लागि जमानतमा प्रतिबद्धता जाहेरा गरिएको हुन्छ । त्यसैले जमानत एक प्रकारको नगद कारोबार नै हो ।

व्यवसायिक कारोबार सुमधुर बनाउन
जमानतले विभिन्न पक्ष बीचमा उत्पन्न हुन सक्ने कुनै प्रंकारको विश्वासको संकटलाई अन्त्य गर्नमा सहयोग गर्दछ । साथै, व्यवसायिक क्षेत्रमा समझदारी एवं विश्वासको वातावरण सिर्जना हुन्छ । यसले गर्दा व्यवसायिक कारोबार सुमधुर तथा निरन्तर रुपमा अगाडी बढ्न सक्दछ । जसको लागि जमानतको महत्वपुर्ण स्थान रहेको हुन्छ । 

तरल सम्पति परिचालन गर्न
बैंक जमानतको हैसियत तरल सम्पतिमै हुने गरेको छ । यसको प्रयोगले गर्दा बैंक तथा वित्तीय संस्थाले  यो तरल सम्पति मुद्राकै रुपमा पुर्ण प्रतिष्पर्धी भन्दा पनि निकटतम कार्य गर्ने हुदा यसको महत्व धेरै छ । यसको प्रयोगले गर्दा बैंक तथा वित्तीय संस्थाले सो कारोबारको रकम अन्य क्षेत्रमा परिचालन गर्ने अवसर प्राप्त गर्दछ । त्यसैले बैंक जमानतले मुद्राको प्रयोग तथा तरल सम्पति परिचालन गर्ने कार्यमा महत्वपुर्ण भुमिका रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]